शक्तिशाली इन्जिन र धेरै ‘लाेड स्पेश’ भएकाे टाटा याेद्धा

 मंसिर ६, २०७६ शुक्रबार १५:४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

व्यापारिक र व्यक्तिगत प्रयोजनका लागि बिक्री गरिने गाडी कम्पनीको सूचीमा सिप्रदी ट्रेडिङ प्रालि अग्रणी स्थानमा पर्छ । टाटा मोटर्सले ल्याएको कर्मसियल गाडीहरुमा पछिल्लो समय सर्वाधिक रुचाइएको गाडी हो, टाटा योद्धा । 

विभिन्न व्यापारिक प्रयोजनका लागि उपयुक्त रहेको र नेपालको भौगोलिक धरातलमा बनेको कुनै पनि सडकमा सहज रुपमा चल्न सक्ने भएकोले टाटा योद्धाप्रति ग्राहकको चासो बढेको सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ ।
 
नेपाली सडक र नेपाली ग्राहकको चाहनाको विषयमा विभिन्न खोज र अनुसन्धान गरेर टाटा योद्धाको डिजाइन गरिएको टाटाका पिकअप सेग्मेन्ट म्यानेजर रामेश्वर घिमिरेले बताउनुभयो ।

भारी बोक्नका लागि पर्याप्त मात्रामा लोड स्पेस (ठाउँ) हुनु तथा ८६ हर्स पावरको इन्जिन भएका कारणले भारी बोक्ने क्षमता धेरै हुनु टाटा योद्धा ग्राहकको छनोटमा परेको घिमिरेले बताउनु भयो । 

व्यापारिक प्रयोजनका लागि उपयुक्त मानिएको योद्धा याे सेग्मेन्टमा आएको सबैभन्दा बलियो र शक्तिशाली पिकअप रहेको कम्पनीले दावी गरेको छ । 

फलफूल, ग्याँस, पानी, पोल्ट्री फर्मका सामान र निर्माण सामग्री बोकेर तराई पहाडका उकालो, ओरालो कच्ची सबै बाटोमा सहज रुपमा लामो दूरीमा पनि गुडाउन टाटा योद्धा उपयुक्त हुने व्यवस्थापक रामेश्वर घिमिरेको भनाइ छ । 

टाटा योद्धाका विशेषताहरु 

टाटा योद्धामा ८६ हर्स पावरको ३ लिटर क्षमताको  इन्जिन राखिएको छ , जुन पिक अप सेग्मेन्टमा आएको अरु गाडीमा भन्दा धेरै क्षमता हाे । योद्धामा कच्ची, अप्ठेराे, उकालो ओरालो सडकमा  सजिलै  गुड्नका लागि २५० न्यूटन पावरको टर्क रहेको छ । २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको योद्धामा सुरक्षाका हिसाब मल्टिपल क्रम्पल जोन रहेको छ । 

जसले गाडीमा ठक्कर लाग्दा चालकलाई कमै मात्र असर पर्न सक्छ । चालकको सुरक्षाका लागि योद्धामा चालकलाई प्रत्यक्ष असर नहोस् भन्नका लागि दुर्घटना हुँदा स्वतः नष्ट हुने हाइड्रोलिक स्टिरिङ ह्वीलको प्रयोग गरिएको छ । साथै चालकले आफ्नो सुविधा अनुसार स्टिरिङ ह्वीललाई मिलाउन पनि सक्नेछन् ।  

चालकको सुविधाका लागि सीटमा हेड रेस्ट र आफ्नो सुविधाअनुसार चालकले सीटमा ढाड राख्ने ठाँउ मिलाउन सक्छन् । चालकसहित योद्धामा १ जना सहचालक वा हेल्पर बस्नको लागि ले फ्ल्याट सीटको व्यवस्था गरिएको छ , जसमा चालक थकाइ लागेको बेला ढल्कन पनि सक्नेछन् । 

टाटा योद्धाको मूल्य र छुट 


 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया