पाकिस्तानविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलिया ७२ रनले अगाडि

 मंसिर ६, २०७६ शुक्रबार १६:५९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले ७२ रनको अग्रता बनाएको छ । 

दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले ३१२ रन बनाउँदा १ विकेट मात्रै गुमाएको छ । अस्ट्रेलियाका डेभिड वार्नर १५१ रनमा अविजित रहेका छन् भने मार्नस लबस्चाग्नेले ५५ रन बनाएर साथ दिइरहेका छन् । 

वार्नरसँग पहिलो विकेटका लागि २२२ रनको साझेदारी गरेका जोए बर्न्स ९७ रन बनाएर आउट भए । उनको विकेट पाकिस्तानका यासिर शाहले लिएका हुन् । 

पहिलो दिन पाकिस्तानलाई २४० रनमा अल आउट गरेपछि अस्ट्रेलियाले आज पहिलो पारी सुरु गरेको हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया