कर्नाटका टस्कर्सलाई टिम आबुधाबीले ३४ रनले हरायाे, पारसले लिए एक विकेट

 मंसिर ७, २०७६ शनिबार ६:५९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईकाे आबुधाबीमा जारी टी-१० लिगमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टिम आबुधाबीले सन्दीप लामिछानेको टिम कर्नाटका टस्कर्सलाई ३४ रनले पराजित गरेको छ ।

आबुधाबीस्थित शेखजायद क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पारसको टिमले १० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनायो । टिम आबुधाबीका लागि लुक राइटले ५७ रन बनाए ।

यस्तै मोइन अलीले ३५ रन बनाए । तर आजको खेलमा नेपाली खेलाडी पारस खड्काले ब्याटिङको मौका पाएनन् । उनी लगातार तीन खेलपछि आजको खेलमा टिममा परेका थिए । यता कर्नाटकमा पनि सन्दीप लामिछाने पहिलो पटक बेञ्चमा थिए ।

 १२९ रनकाे विजयी लक्ष्य पाएकाे  कर्नाटका १० ओभरमा ६ विकेट गुमाउँदै ९४ रनमा रोकियो । उसका लागि कुनै पनि खेलाडीले राम्रो खेल्न सकेनन् ।

ब्याटिङमा मौका न पाएपनि बलिङमा पारसले मौका पाएका थिए । उनले २ ओभरमा ३० रन दिएर एक विकेट लिए । जारी प्रतियोगितामा पहिलो पटक बलिङ गरेका पारसले दुई ओभरमा ३० रन दिए ।

पहिलो ओभरमा उनले १३ रन दिएका थिए भने दोस्रो ओभरमा १७ रन दिएर एक विकेट लिए । उनले अन्तिम बलमा अहमद राजालाई आउट गरे । जारी प्रतियोगितामा पारसको पहिलो विकेट हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया