इंग्लिस प्रिमियर लिग : वेष्टह्याममाथि टोटनह्यामको जित

 मंसिर ८, २०७६ आइतबार ६:५६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले छिमेकी प्रतिद्वन्द्वी वेष्टह्यामलाई तीन दुईले हराएको छ । टोटनह्यामको प्रशिक्षकका रुपमा जोजे मोउरिन्होले पहिलो खेलमा नै जित हात पारेका छन् ।

चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक मोउरिन्होको टिम टोटनह्यामले सुरुवाती आधा घण्टा भने बराबरी खेलेको थियो । खेलको सुरुवातमा नै हेरी केनले गरेको गोललाई अफसाइड दिइयो ।

पुरै खेलमा हाबी भएको टोटनह्यामले ३६ औँ मिनेटमा खेलमा अग्रता लियो । उसका लागि सन हियुङ मिङले गोल गरे । उनले डेली अलीको पासको सदुपयोग गरेका थिए । त्यसपछि ४३ औँ मिनेटमा लुकास मोउराले मिङको पासमा गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा दुई शून्यको अग्रता बनायो ।

त्यसपछि ४९ औँ मिनेटमा हेरी केनले उत्कृष्ट फिनिस गरेपछि टोटनह्याम तीन शून्यले अगाडि रह्यो । तीन गोलले पछि परेको वेष्टह्यामले ७३ औं मिनेटमा एन्टोनियोले गोल गर्दै अन्तर तीन एकमा झारे । 

त्यसपछि ८९ औँ मिनेटमा वेष्टह्यामले दोस्रो गोल गरेपनि त्यसलाई मान्यता दिइएन । तर खेलकाे इन्जुरी समयकाे छैटाैँ मिनेटमा एंगाेलकाे गाेलमा वेष्टह्यामले गाेल गर्दै अन्तर तीन २ मा पुर्‍यो । जसका कारण टोटनह्याम तीन दुइले विजयी भयो ।

लिगमा टोटनह्यामले १३ खेलमा पाँचौ जित निकालेको छ । जितसँगै उसले अंक तालिकामा १८ अंक बनाएको छ । यसका साथै लिगमा पछिल्ला पाँच खेलमा उसको यो पहिलो जित हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया