रुसले युक्रेनका २ वटा अस्पतालमा ड्रोन आक्रमण गर्याे
चैत ६, २०८१ बुधबार
रुपन्देही – प्रदेश नम्बर पाँचको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पहिलो चौमासिकमा सबैभन्दा कम बजेट खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रण कार्यालयको प्रथम चौमासिक प्रतिवेदनका अनुसार कुल विनियोजित बजेट मध्ये कृषि मन्त्रालयले चार प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । कृषि मन्त्रालयका लागि ४ अर्ब ७ करोड ६५ लाख ८९ हजार रुपैयाँ बजेट छुट्टाइएको भए पनि १४ करोड ४२ लाख १० हजार मात्रै खर्च भएको देखिएको हो ।
प्रतिवेदनका अनुसार समग्रमा प्रदेश नम्बर पाँचको सरकारले ७ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सभा सचिवालयले भने विनियोजित बजेटको १४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशका सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले ७ प्रतिशत बजेट खर्च गरेका छन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले १० प्रतिशत बजेट प्रथम चौमासिकमा खर्च गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने ११ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले विभिन्न मन्त्रालय र संवैधानिक निकायलाई चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ३३ अर्ब १७ करोड ७८ लाख ८१ हजार रुपैयाँमध्ये २ अर्ब ३३ करोड ८४ लाख ११ रुपैयाँ बजेट खर्च भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।