भन्सार छलेर २५ किलो सुन भित्र्याएको अभियोगमा ३० करोड रुपैयाँ बिगोसहित ७ जनाविरुद्ध मुद्दा

 मंसिर १०, २०७६ मंगलबार १९:२०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

संखुवासभा - भन्सार छलेर २५ किलो सुन भित्र्याएको अभियोगमा ७ जनाविरुद्ध जिल्ला अदालत संखुवासभामा मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान विभागले उनीहरुविरुद्ध सुन तस्करीको १५ करोड १३ लाख र विदेशी विनिमय अपचलनको १५ करोड १३ लाख गरी ३० करोड २६ लाख रुपैयाँ विगो र ३ बर्ष कैद माग गरेर मुद्धा दायर गरेको हो । 

गएकाे असोज २७ गते प्रहरीले संखुवासभाको भोटखोलामा ५ किलो सुनसहित तोप्के भोटेलाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धान गर्दा तोप्केसहित रिन्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे, र सोनाम डोमा भोटेले थप २० किलो सुन भन्सार छलेर ल्याएकाे भेटिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

उनीहरुले २५ किलो सुन खरिद गर्न प्रयोग गरेको १५ करोड १३ लाख रुपैयाँ र विदेश पठाएको १५ करोड १३ लाख  रुपैयाँ गरी ३० करोड २६ लाख रुपैयाँ विगो कायम गरी विगोको तेब्बरसम्म जरिवाना र ३ वर्ष कैद माग गरिएको विभागले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया