ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो, रुस–युक्रेन र इजरायल–हमास य...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालामा मंसिर १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने साग उदघाटनकाे पूर्वअभ्यास भैरहेको छ । मंसिर १३ गते शुक्रबार पनि अन्तिम अभ्यास हुनेछ ।
शान्ति, मित्रता र समृद्धिको नारासहित दक्षिण एसियाली खेलकुद सागको रौनक सुरु भैसकेको छ । प्रतियोगितामा भाग लिन भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटानका केहि खेलाडी आइसकेका छन् । कोहि आउने क्रममै छन् । दशरथ रंगशालामा हुने सागको उदघाटन र समापन समारोहको भव्य तयारी भैरहेको छ ।
उद्घाटन समारोह भव्य बनाउन विभिन्न समिति बनाएर काम भैरहेको प्राविधिक समितिका सदस्य मोहन विश्वकर्माले बताउनुभयो ।
रंगशाला वरपरका खाल्टाखुल्टी पुरिएका छन्, सडक पेटीमासमेत रङरोगन गरिएको छ । चोकचोकमा सागका तुल र ब्यानर टाँगिएका छन् । दशरथ रंगशालाको मैदानसहित स्कोर बोर्ड, साधारण प्यारापिट, बस्ने सिट लगायतका काम पनि सकिएका छन् ।
दशरथ रंगशालामा उदघाटन र समापनसँगै पुरुष फुटबल र एथलेटिक्स खेलहरु हुनेछन् । हतार हतारमै काम गरेर भए पनि रंगशालाको धेरैजसो काम सकिएको र यो तयारीले निक्कै उत्साह थपेको शुटिङ संघका महासचिव त्रिलोचनकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।
रंगशालामा भीआईपीतर्फको प्यारापिटको छानो तयार हुँदैछ । बिहीबारसम्ममा सम्पूर्ण काम सक्नेगरी अन्तिम तयारी भैरहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
पूर्वाधार निर्माण र तयारीलाई लिएर तेस्रो पटक तोकिएको मितिमा पनि साग हुन्छ वा हुँदैन भन्ने दुविधा थियो । तर दुविधालाई चिर्दै सागको माहोल तातेको छ । सागको औपचारिक उदघाटन अघि नै आजदेखि भलिबल खेल सुरु भएको छ ।
सागले खेलाडी मात्र होइन अरु दर्शक र कलाकारलाई पनि उत्तिकै उत्साह थपेको छ । दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा झण्डै १५ हजार कलाकारले ७ वटै प्रदेशको कला र संस्कृति प्रस्तुत गर्नेछन् । ४ दिनपछि औपचारिक रुपमा उद्घाटन हुने सागको २४ गते समापन हुनेछ ।
तस्बिर: विकास गाेले
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।