काठमाण्डाैकाे तापक्रम याे वर्षकै कम, शून्य दशमलव ६ डिग्री सेल्सियस मापन

 पुष १२, २०७६ शनिबार ७:२५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको तापक्रम शून्य तर्फ ओरालो लाग्न थालेको छ । शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएकाे तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।

गएकाे बिहीबार काठमाण्डौको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् । यस्तै अघिल्लो दिन दिउँसो पारिलो घाम लागेर राती आकाश खुले बिहानको तापक्रम घट्ने तर बिहान बाक्लो हुस्सु र कुहिरो लागे तापक्रम थोरैमात्र तलमाथि हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लामा दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने गर्दा जनजीवन प्रभावित भएको छ । शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया